Techie IT
१० कात्तिक २०७८, बुधबार

काठमाडौंपछि कैलालीमा पनि देखिए सेनाका बख्तरबन्द गाडी


काठमाडौं ।

केही दिन अघिदेखि काठमाडौंका सडकमा नेपाली सेनाका बख्तरबन्द गाडी कुदिरहेका छन् । देशको बदलिंदो समसामयिक राजनीतिक परिस्थितिको मध्यनजर गर्दै सेनाले आफ्नो सुरक्षा सतर्कता बढाएको हो की भन्ने आम मानिसको जिज्ञासालाई भने नेपाली सेनाले नियमित अभ्यास भनेको छ ।

कैलालीको अत्तरियामा नेपाली सेनाका चार वटा बख्तरबन्द गाडी देखिएको स्थानिय स्रोतले जनाएको छ । ती गाडीहरु केही समय अत्तरियाको पूर्वरोडमा रोकिएका कैलालीको सडकमा देखिएको स्थानियले जनाएका छन् । नेपालगञ्जबाट धनगढीको बोराडाडीमा रहेको ब्यारेकसम्म ती हतियारसहितका गाडीहरू कुदाइएको बुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्