Techie IT
१० कात्तिक २०७८, बुधबार

चितवन र सर्लाहीमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु


काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिका-८ बोराङेचोकस्थित सडकमा ना.५ त ९९८१ नम्बरको ट्याक्टरमा जडान गरिएको मिक्चर मेसिनमा ना.२६ प ९२७४ नम्बरको स्कुटर ठोक्किएर बुधाबर बेलुका दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेको करिब ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका-९ स्थित सडकमा ज.१० प ३२०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हरिपुर नगरपालिका-१ बस्ने ४६ वर्षीय ढाचाराज वाग्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्