Techie IT
१० कात्तिक २०७८, बुधबार

माटो मुनी गाडेको १ सय ८५ राउण्ड गोली मोरङबाट बरामद


काठमाडौं ।

मोरङको उर्लाबारी नगरपालिका-१ लक्ष्मीझार बस्ने दल बहादुर लिम्बुको खेतबारीबाट ७.६२ को १ सय ८५ राउण्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । लिम्बुले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोका पारी माटो मुनी गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको हो ।

चितवको ईच्छाकामना गाउँपालिका-७ सानो भोर्लेनीस्थित जंगलबाट वेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्