Techie IT
१० कात्तिक २०७८, बुधबार

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट करिब १ किलो अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-९ बस्ने १९ वर्षीय अनुज चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु।१ ख ९१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
ञञ
पर्साक्ँे वीरगंज महानगरपालिका-२९ मुसौलीस्थित सडकबाट करिब ५ सय ६० ग्राम अवैध लागूऔषध चरेश सहित पटेर्वासुगौली गाउँपालिका-३ बस्ने २८ वर्षीय जादु साह सोनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकल घुमाई भाग्न खोजेपश्चात मोटरसाइकलमा सवार सोनारलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापाक्ँे भद्रपुर नगरपालिका-५ नरसिंह बगानबाट नियन्त्रित लागूऔषध १८ एम्पुल डाइजेपाम, १८ एम्पुल बुप्रिनोर्फिन र १८ एम्पुल फेनारागन सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-१२ बस्ने २६ वर्षीय बिकास परियार र सोही ठाउँ बस्ने २८ वर्षीय शरण राई रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्