Techie IT
१० कात्तिक २०७८, बुधबार

नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप

नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता-कार्यकर्ता घाइते,उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगियो


जनकपुरधाम ।
एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ ।

झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

नेकपाका नेता-कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई जबरजस्ति रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

प्रहरी बलको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता-कार्यकर्ता घाइते भएका छन् । पूर्व सांसद रामचन्द्र झा लाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्