Techie IT
आईतबार, कात्तिक ९,२०७७

टेकुको प्रहरी भनेर मूलपानीमा लुटपाट


काठमाडौं, भदौ १
महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोली भन्ने एक समूहले सोमवार मूलपानीबाट एक महिलालाई अपहरण गरेर गोकर्ण जंगलमा लगेर रकमको बार्गेनिङ गरी ४० हजार रुपैयाँ लुटेर लगेको थाहा भएको छ ।

तीन जना पुरुष र एक महिलाको उक्त टोली बिहान ७ बज्दा नबज्दै मूलपानीमा रहेको टीकामायाको कोठामा पुगेका थिए र उनीहरुले आफूहरु टेकुबाट आएको प्रहरी टोली बताउँदै हत्कडी देखाएका थिए ।

तर उनीहरुले प्रहरी ड्रेस लगाएका थिएनन् । प्रहरी सेट लिएका पनि थिएनन् । ग्रिनहिल सिटी साइडमा रहेको उनको कोठामा ती व्यक्तिहरु प्रवेश गर्दा उनका छोराहरु सुतिरहेका थिए । उनीहरुलाई यी केटाहरु को हुन् भनी प्रश्न गरेका थिए । आफूहरु टेकुबाट खटिएको प्रहरी भनी उनको कोठाको खानतलासी लिन लागेको भनी दराज खोलेर एक–एक गरी खोजबिन गरेका थिए । दराजमा भेटिएको ४० हजार उनीहरुले नै लिएर गएका छन् ।

खानतलासीमा केही नभेटिएपछि पैसा कसलाई राख्न दिएकी छस् भनी केरकार गरेको र जोरपाटीमा दिदी पर्नेको कोठामा समेत लगेका थिए ।
उनलाई त्यहाँबाट अपहरण शैलीमा त्यहाँबाट गोकर्णको मंगलमा लगेर डर त्रास देखाएका थिए । बिहान ७ बजेदेखि ती महिलालाई नियन्त्रणमा लिएर गिरोहले दिउँसो १२ बजे मात्र छाडेका थिए ।

उनीहरुले फेरि आउँछौ भनेर धम्क्याएर गएको पीडित महिलाले रुँदै बताएकी छिन् । ती महिलाले ९८१८६३७५४३ र ९८६०७८८५०८ नम्बरबाट फोन गरेकी थिइन् । उनको कोठामा भएको घटनाबारे टेकुबाट खटिएको सादा पोसाकको प्रहरी परिसर टेकुका प्रवक्ता सोमेन्द्र सिंह राठोरसँग बुझ्न फोन गर्दा उनले फोन उठाएनन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्