वाणिज्य विभागका नासु पक्राउ

काठमाडौं,भदौ १
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दश हजार घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशङ्कर महतोलाई आज पक्राउ गरेको छ ।
फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइआएका सेवाग्राहीबाट उक्त रकम घुस लिएका अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।रासस
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्