Techie IT
शनिबार, मंसीर १३,२०७७

एपीएफ टोलीद्वारा मदिरा र लागूऔषधसहित पक्राउ


काठमाडौं, भाद्र १

सिरहा जिल्लाको नवराजपुर गाँउपालिका -५ स्थित सीमा ईलाकाबाट साउन ३२ गते एपीएफ टोलीले ९ बोतल डाईलेक्स डिसीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाँउपालिका -१ बस्ने २६ बर्षिय रविन्द्र मण्डल छन् ।

सशस्त्र प्रहरी बल नेपाल, फरवार्ड सुरक्षा बेस झाझपट्टीबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यस्तै गरेर सर्लाही जिल्लाको बिष्णु गाँउपालिका -१ बलराउधोरण स्थित सीमा ईलाकाबाट भाद्र १ गते एपीएफ टोलीले करीब दुई लाख ८ हजार रुपैयाँ बराबरको सोफि नामक मदिरा बरामद गरेको छ ।

बासको झ्याङमा लुकाई छिपाई राखेको अवस्थामा दुई सय ५० कार्टुन उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिमराबाट सशस्त्र प्रहरी निरीक्षक रामहरी रिमालको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक अजय छतकुलीले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्