Techie IT
शुक्रबार, असोज ९,२०७७

करेन्ट लागेर मृत्यु


काठमाडौं, भाद्र १

प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।थापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार ल्याइँदै गरिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्