Techie IT
१२ साउन २०७८, मंगलबार

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण


वाग्मती, भदौ १
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटौंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  राससले जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्