Techie IT
बुधबार, कात्तिक ५,२०७७

नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण, २७ हजार २ सय ४१ पुगे संक्रमित !


काठमाडौं,भदौ १
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा सोमबार थप ५८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित भेटिएका छन् ।

जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

गत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। आज निको हुनेसहित हालसम्म कोरोनाबाट १७ हजार ४ सय ९५ जना कोरोनाबाट मुक्त भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ रहेको छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्