Techie IT
बुधबार, असोज १४,२०७७

पहिरामा परेका २२ को शव फेला


सिन्धुपाल्चोक भदौ १
शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिए । पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले राससलाई जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्