Techie IT
बिहीबार, असोज ८,२०७७

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


काठमाडौं, साउन २०
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन साबिक गर्दी गाविस ९ बस्ने ४० वर्षीया कमलाकुमारी थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी १७ लाख रूपैयाँ ठगी गरी फरार भएकी थिइन् । पीडितको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट आइतबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्