Techie IT
शनिबार, मंसीर १३,२०७७

छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला


काठमाडौं,भाद्र १

सल्यान, बनगाड कुपिण्डे नगरपालिका-१ अम्रास्थित भेरी नदीको किनारमा जाजरकोट भेरी नगरपालिका-५ सालटाकुरा बस्ने ५० वर्षीय गोपाल कामी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, मदाने गाउँपालिका-७ जुरेढुङ्गामा सोही गाउँपालिका भनभने बस्ने ५५ वर्षीय खुमानन्द पन्थी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्