Techie IT
बुधबार, मंसीर १०,२०७७

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु


काठमाडौं,भाद्र १

महोत्तरी, धनुषा र नवलपरासी (पश्चिम) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

महोत्तरी, बलवा नगरपालिका-८ पानी टंकीस्थित सडकमा ज.११ प १३८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका-३ भटौलिया बस्ने ३० वर्षीय ललित ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषा, सबैला नगरपालिका-१३ रघुनाथपुरमा ना.४७ प २१२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१३ सिन्टा टोल बस्ने ३० वर्षीय सुरेन्द्र दनुवारको घटनास्थलमै मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१० धुर्ब टोलमा बा.१९ च ३५६० नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(९ सुनटाँडी बस्ने ६७ वर्षीय ढालप्रसाद गौतमको आइतबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चिसापानी बर्दघाट नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्