कुटपिटबाट वृद्दको मृत्यु, छ जना पक्राउ

काठमाडौं,भाद्र १
कपिलवस्तुको मायादेवी गाउँपालिका-८ सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उक्त स्थानमा नाला सफा गर्ने विषयलाई लिएर कुटपिट हुँदा ३ जना घाइते भएका छन् ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुलरीबिजुवा र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा हरिरामको बाटोमै मृत्यु भएको थियो ।अन्य २ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्