आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

काठमाडौं,भाद्र १
आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा प्युठानको सरूमारानी गाउँपालिका-१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्