Techie IT
६ असोज २०७८, बुधबार

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौं,भाद्र १

अवैध लागूऔषध मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिका-९ बस्ने ४८ वर्षीय अम्बिका साह कलवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०६९ फागुन २० गते कलवारको घर तलासी गर्दा घरमा २० वटा टिनको ड्रममा लुकाई छिपाई गरी राखेको अवस्थामा अवैध लागूऔषध गाँजा ८ सय केजी फेला फेला परेको थियो ।

घटना पश्चात फरार उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आफ्नै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्