स्रोत नखुलेको नेपाली नगद सहित पक्राउ

काठमाडौं,भाद्र १
पर्साको छिपहरमाई गाउँपालिका-२ चरगाहाबाट स्रोत नखुलेको ३ लाख ८ सय ५० नेपाली रुपैयाँ सहित सोही गाउँपालिका टिउकी बस्ने ३५ वर्षीय सतेन्द्र साह कानुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी टिउकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको ना.६५ प १७८१ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक कानुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्