अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं,भाद्र १
काठमाडौं महानगरपालिका-१५ बस्ने अशोक लामा रुम्बालाई २ केजी ५ सय ग्राम लागूऔषध पोल्याण्ड सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रुम्बालाई उनकै घरमा २ वटा बोतलमा उक्त परिमाणको लागूऔषध राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्