Techie IT
सोमबार, फागुन २४,२०७७

प्रचण्ड-नेपाल पक्षद्वारा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्ने निर्णय


काठमाडौँ ।
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले केपी ओलीलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।

यसअघि पुस ७ गते बसेको प्रचण्ड(नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो। ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनेका छन्।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। कानुनी रुपमा विभाजन हुन बाँकी रहेको पार्टीका दुई समूहले एक अर्काप्रति कारबाहीको शृंखला चलाएका छन्। ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको थियो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्