Techie IT
शुक्रबार, मंसीर १९,२०७७

करेन्ट लागेर दुई छोराको मृत्यु, बुबा घाइते


काठमाडौं,साउन २०

दाङको घोराही उपमहानगरपालिका-१ हर्नक बस्ने ३५ वर्षीय दिल बहादुर राउतका छोरा १४ वर्षीय वीरबल राउत र १० वर्षीय तेज बहादुर राउतको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

दिल बहादुरले आफ्नो मकैबारीमा जङ्गली जनावरलाई लच्छित गरी राखेको करेन्टमा परेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका दिल बहादुरलाई उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्