Techie IT
सोमबार, असोज १२,२०७७

उठाइयो सिमकोटको फोहर


काठमाडौं,भाद्र १

महिनौं दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहरको थुप्रो बल्ल उठाइएको छ । फोहरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सरसफाइ गरेका हुन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाका सबै शाखाका कर्मचारीको सक्रियतापछि महिनौँ दिनमा आइतबार फोहर उठाइएको छ ।
कालिञ्चोक, लोकतन्त्रचोक, बालमन्दिरचोक र काठेचुलीचोकमा थुप्रिएको फोहर उठाइएपछि बजार सुन्दर देखिएको छ । जनप्रतिनिधि र कर्मचारी हातमा पञ्जा र मुखमा मास्क लगाएर फोहर व्यवस्थापनमा जुटेका थिए ।

फुर्सदिला कार्यालय सहयोगी;

सिमकोट गाउँपालिकामा ३६ कार्यालय सहयोगी भए पनि फुर्सदिला देखिएका छन् । गाउँपालिकाले तीन कार्यालय सहयोगीलाई बजार क्षेत्रमा जम्मा भएको फोहर ट्रयाक्टरमा राख्ने जिम्मा दिइएको छ । बजार क्षेत्रको फोहर उपभोक्ताले जताततै फाल्ने गरेपछि समस्या भएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए।

प्रत्येक शुक्रबार फोहर व्यवस्थापन गर्दा समेत बजार क्षेत्रका उपभोक्ताले जताततै फाल्ने गरेपछि छिटोछिटो जम्मा हुने गरेको प्रमुख प्रशासकीय अधिकृत रोकायाको भनाइ छ ।

सिमकोट बजार क्षेत्रमा जताततै फोहर थुप्रिएपछि सर्वसाधारण छिछी दुरदुर गर्दै हिँड्ने गरेका थिए । फोहर तत्काल व्यवस्थापन नगरिएपछि महामारी फैलन सक्ने भनी सरोकार पक्षले दुखेसो गरेका छन् । महिनौँ फोहोर व्यवस्थापन नहुदा मानवीय स्वास्थ्यमा गम्भीर असर गर्ने सम्भावना रहेको सरोकार पक्षले बताएका छन्


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्