Techie IT
सोमबार, फागुन २४,२०७७

उच्च अदालतको फैसलालाई बेवास्ता गर्दै डीएसपी ढुंगेल सर्वोच्चको शरणमा


काठमाडौं।

प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमोध ढुंगेल उच्च अदालत पाटनले एक लाख धरौटी माग गरेपछि निलम्बनमा परेपछि त्यसलाई बेवास्ता गर्दै सर्वोच्च अदालतको शरणमा पुगेका छन् ।उच्च अदालत पाटनले उनलाई ‘डाँका शरीर बन्धक र संगठीत अपराध’ मुद्दामा गत पुष १६ गते १ लाख धरौटी मागेपछि उनी उक्त आदेशविरुद्ध गत बुधबार १७ नम्बर निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

डिएसपी ढुंगेललाई आपराधिक गतिविधीमा संलग्न भएको आरोप लागेपछि एक बर्ष अगाडी जिल्ला अदालत काठमाडौंमा लुटपाटको मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा थुनछेकपछि जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले साधारण तारेखमा छाड्ने आदेश दिए छाडेपछि उनले पुन जागिरमा जान पाएका थिए ।

अनुसन्धानको क्रममा अपराधमा संलग्न बिक्रम श्रेष्ठलाई डिएसपी ढुङ्गेलले पटक–पटक गरी पाँचपटकसम्म फोन सम्पर्क गरेको र चक्रपथको भेनस रेष्टुेण्टमा भेटेको देखिएको हुँदा उक्त कसूरमा उनको संलग्नता रहेको ठहर गर्दै सरकारी वकिल कार्यालयले दर्ता गरेको १७ नम्बर निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय दिपेन्द्रबहादुर बम र जगतबहादुर थापाको संयुक्त इजलासले जिल्ला अदालतको आदेश वदर गर्दै एक लाख रुपैंया धरौटी माग गरेको थियो ।

प्रहरी प्रधान कार्यालयमा कार्यालयमा कार्यरत डिएसपी ढुङ्गेललाई जिल्ला अदालतले साधारण तारेकमा छोडे पछि निलम्बन फुकुवा भएकोमा उच्च अदालतको इजलासले जिल्लाको आदेशलाई उल्ट्योँदै एक लाख धरौटी माग गरेपछि उनी अहिले सर्बोच्चको ढोका ढक्ढक्याउन पुगेको वुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्