Techie IT
सोमबार, फागुन २४,२०७७

आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


 .काठमाडौं ।

आफ्नै श्रीमती ३५ वर्षीया दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा मोरङsf] उर्लाबारी नगरपालिका-२ सिरुझार बस्ने ५० वर्षीय डिक बहादुर राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा राईले दिलमायालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्