नेपाली काँग्रेस(बिपी) कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं,भाद्र १
देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस (बिपी), कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति बढिरहेको भन्दै पार्टीको जिल्ला कार्यसमिति कास्कीले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
सरकार मुलुकमा उत्पन्न भएको गम्भीर समस्यामा ध्यान नदिई नागरिकप्रति उत्तरदायित्व बहन गर्नुको साटो कोरोना महामारीबाट ग्रसित जनतालाई महँगी र कर वृद्धिको भार थोपर्नुमा व्यस्त रहेको सभापति चन्द्रबहादुर रानाभाटले आरोप लगाए ।
राष्ट्रिय मुद्दामा समेत सरकार दिन प्रतिदिन गैरजिम्मेवार बन्दै गइरहेको भन्दै ज्ञापनपत्रमा पार्टीले सात बुँदे माग अघि सारेको छ । मागमा भारत तथा अन्य मुलुकबाट आउने नेपालीका निमित्त सातवटै प्रदेशमा प्रतिजग्गामा अस्थायी दश हजार मानिस बस्ने क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्