Techie IT
शनिबार, फागुन १५,२०७७

साधना म्युजिक अवार्डको मनोनयन सार्वजनिक अन्तिम तयारीमा


काठमाडौं स् राष्ट्रिय साधना म्युजिक अवार्डको दोस्रो सिजनको उत्कृष्र्ट पाँच सार्वजनिक हुने भएको छ । गत वर्ष काठमाडौंमा भएको म्युजिक अवार्ड पछिको यो दोस्रो अवार्ड कार्यक्रम हो । नेपाली गित संगीतका विभिन्न ३० बिधामा हुन लागेको यस अवार्डमा आवेदन फर्म भर्न छुटाउनुुभएको स्रष्टा सर्जकहरुलाई मध्ये नजर गर्दै केहि दिनको लागि फर्म भर्ने समय थपिएको आयोजकका अध्यक्ष सामना शाहले दिइन् ।

फर्म सामना म्युुजिक क्रियशनको अनामनगर स्थित कार्यलयबाट भर्न सकिने जानकारी दिदै उनले भनिन् त्यस्ता स्रस्टा सर्जकर्ले ९८५१००३९६४ र ९८५११२६५०७ मा समेत सम्पर्क गर्न सक्नेछन् ।

साधना म्युजिक अवार्ड यहि फागुन महिनाभित्र गर्न लागिएको आयोजक कमिटिका सदस्य सचिव गोकर्ण लामिछानेले जानकारी दिए ।


क्याटेगोरी : समाचार, मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्