Techie IT
शनिबार, फागुन १५,२०७७

नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, दुई लाख ६८ हजार ९४८पुगे संक्रमित


काठमाडौँ ।
देशका विभिन्न प्रयोगशालाहरुमा शुक्रबार थप ३०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४८० जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १ हजार ९८६ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्