Techie IT
शनिबार, असोज १०,२०७७

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद


काठमाडौं,भाद्र १

सिरहा जिल्लाको भगवानपुर गाँउपालिका -३ अभयनगरस्थित सीमा ईलाकाबाट साउन ३२ गते एपीएफ टोलीले करीब एक लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस अभयनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले साउन ३२ गते करीब एक लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सुर्तिजन्य पदार्थ बाँके जिल्लाको डुडुवा गाँउपालिका १ पिपरीस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सुर्तिजन्य पदार्थ भन्सार कार्यालय जमुनाहमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक अजय छतकुलीले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्