Techie IT
शनिबार, मंसीर १३,२०७७

एपीएफ टोलीद्वारा लागूऔषध बरामद


काठमाडौं,भाद्र १

सर्लाही जिल्लाको ब्रम्हपुरी गाँउपालिका ४ बाट साउन ३१ गते एपीएफ टोलीले वालरेक्स ४२ बोतल र डाईलेक्स १८ बोतल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस सकटोलबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषध बरामद गरेको हो ।

झोला लिएर आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै सो झोला सोही ठाउँमा छाडी भागेपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको थियो ।बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्