पोखरीमा डुबेर बेपत्ता भएकाको शब एपीएफ टोलीद्वारा फेला

काठमाडौं,भाद्र १
मोरङको बिराटनगर महानगरपालिका- १४ स्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शब एपीएफ टोलीले साउन ३२ गते फेला दिउसो पारेको छ ।
भारतमा घर भई सोही महानगरपालिका- १५ रानीस्थित मामाघरमा बस्दै आएका १७ बर्षिय बिशाल चौधरी साउन ३२ गते बिहान सो पोखरीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण मोरङ र बोर्डर आउट पोष्ट जहदाफुटाबाट खटिएको एपीएफ टोलीले उनको खोजी कार्य गर्दा हिलोमा गाडिएको अवस्थामा उनको शब फेला परेको हो ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्