मृत अवस्थामा फेला
काठमाडौं,साउन ३२
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बोडाँडा डेरा गरी बस्ने संखुवासभा नुनढाकी गाउँपालिका-६ सिम्रीक घर भएकी ३५ वर्षीया गंगा गुरुङ आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेकी छिन् ।
दाङ, लमही नगरपालिका-१ नर्ती बस्ने ७१ वर्षीय बलिभद्र खनाल सोही नगरपालिकास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
शनिबार साँझ आफन्तको घरमा जान्छु भनी निस्किएका खनाल आइतबार बिहानसम्म आफन्त कहाँ नपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्