धारिलो हतियार प्रहारबाट मृत्यु

काठमाडौं,साउन ३२
रौतहटको गरुडा नगरपालिका-८ वसपिट जिगाडिया बस्ने २० वर्षीय निरन्जन रामको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
उनलाई अपरिचित व्यक्तिहरूले सोही ठाउँस्थित खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने खबर आइतबार बिहान प्राप्त हुनासाथ प्रहरी चौकी विर्ता र ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्