अवैध उत्खननमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा

काठमाडौं,साउन ३२
मोरङको लेटाङ्ग नगरपालिका-९ तेली खोलामा अवैध रुपमा ढुङ्गा उठाउँदै गरेका को.२ त ७९२९, को.१ त ८५९३ र को.२ त ९३०१ नम्बरका तीन वटा ट्रयाक्टरलाई चालक सहित आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा उत्खनन गरी ढुङ्गा उठाउँदै गरेको अवस्थामा ती ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रयाक्टर तथा चालकलाई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्