Techie IT
बिहीबार, कात्तिक १३,२०७७

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण, २६ हजार ६ सय ६० पुगे संक्रमित !


काठमाडौं, ३२ साउन ।

देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा आइतबार थप ६४१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । जहाँ काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएका छन्। आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भउको छ । यो सँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्