Techie IT
बुधबार, कात्तिक ५,२०७७

जोखिम रहेको घर सेनाले भत्कायो


काठमाडौं,साउन ३२

वर्षाका कारण जोखिममा परेको यहाँको एउटा घरलाई नेपाली सेनाले भत्काइदिएको छ ।पाल्पाको तानसेन नगरपालिका–६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो ।

गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा वर्षाले घरको अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको राससले जनाएको छ । घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ ।

अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी घरधनी र तानसेन नगरपालिकाको सहमतिमा भत्काइएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्