लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

लुम्बिनी, साउन ३२
लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय भाषामा समेत प्रवाह गर्न थालेको हो ।
राससका अनुसार कोषले यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोभिड –१९ कोषमा रु. १५ लाख आर्थिक सहयोगसमेत गरेको थियो । कोभिड –१९ को प्रकोप फैलिएसंँगै यतिबेला लुम्बिनीको स्थलगत अवलोकनमा रोक लगाइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्