Techie IT
शुक्रबार, मंसीर १२,२०७७

विराटनगरमा थप ४३ सङ्क्रमित


विराटनगर, साउन ३२
समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् ।

राससका अनुसार सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ र ५ का चार/चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् । यसअघि प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्