होटलको भवन बनाउने क्रममा लडेर मृत्यु

काठमाडौं,साउन ३२
कास्कीको पोखरा महानगरपालिका-२१ कृष्ती बस्ने ४० वर्षीय राजु बिकको सोही ठाउँस्थित होटलको भवन बनाउने क्रममा लडेर शनिबार दिउँसो मृत्यु भएको छ ।
लडेर अचेत अवस्थामा फेला परेका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्