खोलामा डुबेर मृत्यु
काठमाडौं,साउन ३२
चितवनको राप्ती नगरपालिका-९ स्थित चेत्राङ खोलामा डुबेर ईच्छाकामना गाउँपालिका(२ घुंरेचोक घर भई हाल सोही नगरपालिका-८ स्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय रबि गुरुङको शनिबार मृत्यु भएको छ ।
माछा मार्न गएका उनी खोलामा बेहोस अवस्थामा फेला परेपछि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्