मृत अवस्थामा फेला

काठमाडौं,साउन ३२
काठमाडौंको कीर्तिपुर नगरपालिका-२ स्थित बल्खु खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै ओखलढुङ्गाको खिजिदेम्वा गाउँपालिका-१ स्थित लिखुफोर हाईड्रोपावर कम्पनीको एस एस एन आर प्रोजेक्टमा काम गर्ने कामदार ४५ वर्षीय मिठु दर्जी खाना खाई सुतेको अवस्थामा शनिबार मृत फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्