Techie IT
बिहीबार, असोज १५,२०७७

भरुवा बन्दुक र भन्सार छली ल्याउँदै गरेका सामान बरामद


काठमाडौं,साउन ३२

पाँचथरको फालेलुङ गाउँपालिका-२ जरीङ्गेस्थित जंगलमा बेवारीसे अवस्थामा रहेको १ थान एकनाले भरूवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चरीभञ्ज्याङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस्तै गरेर बारा जिल्ला अन्तर्गतका विभिन्न स्थानहरूमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेका केराउ र सूर्ती लगायतका करिब ८ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानहरूमा जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयहरूबाट समेत खटीएको प्रहरीले उक्त समानहरु बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्