Techie IT
सोमबार, असोज १२,२०७७

चोरीका सामानसहित पक्राउ तथा विभिन्न धनमाल चोरी


काठमाडौं,साउन ३२

काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त मूर्तिसहित फेला पारी लामालाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-४ महाराजगंज गणेशबस्तीस्थित चाइनिज नागरिक काओसफिङ पिङको sichuananhe hydraolik and hydroelectric engineering compani limited बाट विभिन्न कम्पनीका ६ थान ल्यापटप र १ थान हार्ड डिस्क शुक्रबार राति चोरी भएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ नयाँबजारस्थित अष्टबक्र इङ्लिस बोर्डिङ स्कुलबाट विभिन्न कम्पनीका २ थान ल्यापटप, ५ थान मोनिटर, ६ थान सिपियु, ३ थान प्रोजेक्टर , ११ थान पंखा, २ थान साउण्ड सिस्टम र १८ थान कपडाको पर्दाहरु गरी करिब ६ लाख रुपैयाँ मूल्य बराबरको सामान शुक्रबार साँझ चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्