Techie IT
मंगलबार, कात्तिक ४,२०७७

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद


काठमाडौं,साउन ३२

पर्साको जिरा भवानी गाउँपालिका-१ बलुवाबाट अवैध लागूऔषध ८ थान CODEINE PHOSPHATE AND CHAORCHE NIRAMINE MALEATE SYRUP, ४० थान नाईट्रोभेट ट्याब्लेट र २ थान स्पास्मो क्याप्सुल सहित सोही गाउँपालिका-४ हरैया बस्ने २५ वर्षीय सचिकान्त चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले चौधरीलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, बागमती नगरपालिका-३ राजमार्ग चोकबाट अवैध लागूऔषध ६३ बोतल एकसय एमएलको वालरेक्स र नम्बर नखुलेको मोटरसाइकल शनिबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी डुम्रेखोलाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध र मोटरसाइकल बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्