Techie IT
शुक्रबार, माघ २,२०७७

बाघको छालासहित लम्जुङका घले पक्राउ


काठमाडौं ।

काठमाण्डौको तारकेश्वर न.पा. वडा न ९ मनमैजु बालाजु एरियामा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा पुष २८ गते दिनको समयमा जिल्ला लम्जुङ दुधपोखरी घर भई का.जि. तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृस राज घलेको कोठाबाट अन्दाजी ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएको फेला परेको छ ।

प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार,काठमाडौं पठाईएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्