Techie IT
मंगलबार, मंसीर १६,२०७७

सिन्धुपाल्चोकमा नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी


काठमाडौं,साउन ३२

गत श्रावण ३० गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं।२ मा गएको पहिरोमा हराइरहेका व्यक्तिहरुको नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।

नेपाली सेनाकोश्री गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म चार जना महिला, तीन जना पुरुष, पाँच जना बालिका र सात जना बालक गरि जम्मा उन्नाइस जनाको शव फेला पारेको छ ।

उक्त पहिरोमा परि हराइरहेका २० जनाको खोजी कार्य जारी राखेको छ।गत श्रावण ३० र ३१ गते नेपाली सेनाको हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको सैनिक जनसम्पर्क कार्यालयले जानकारी दिएको छ ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खट्टिइरहेको जनसम्पर्क कार्यालयले बताएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्