Techie IT
शुक्रबार, माघ २,२०७७

धमिलो पानीमा माछा मार्ने रणनीतिले कांग्रेसले संविधानको रक्षा गर्ला त ?


काठमाडौँ ।
देशमा राजनीतिक अस्थिरता बढिरहेको बेलामा कांग्रेसभित्र समेत मत विभाजन हुँदा जनता अलमलमा परेका छन् । सरकारको असंवैधानिक क्रियाकलापविरुद्ध एकजुट भएर जनताको पक्षमा उभिनुपर्ने बेलामा आपसी फाइदालाई हेरेर स्वार्थको राजनीतिमा लागेपछि जनतामा समेत अन्योलता र निराशा छाएको छ ।

चुनाव हारेकाहरूको चुनाव होस् भन्ने मानसिकता छ । जनताको ताजा जनादेशमा जानुपर्छ, मौका यही हो, चुनाव यही बेलामै गर्नुपर्छ जित लगभग पक्का हुन्छ भन्ने मानसिकता छ ।

तर चुनाव जितेकाहरूलाई पीडा छ, पाँच वर्षसम्म आफूले पाएको जागिर चाँडै गुमाउनु परेकोमा । अनि भन्छन्, संसद् विघटन संविधानविपरीत छ ।फेरि पौडेल र देउवाबीच अर्कै खालको मतभेद रहेको छ ।

चुनाव हुनुपर्छ– देउवा, हुनुहुँदैन– पौडेल । चुनाव भए देउवा प्रधानमन्त्री बन्ने लगभग पक्का छ तर देउवा प्रधानमन्त्री भएको पौडेल हेर्न सक्दैनन् ।

यसरी विभाजन भएपछि कांग्रेसले लोकतन्त्रको मर्म बुझदैन भन्ने कुरा प्रस्ट हुन्छ । यस्तो संकटको बेलामा पनि आफ्नो स्वार्थका लागि सडकमा रोएको नाटक गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्