Techie IT
शुक्रबार, माघ २,२०७७

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला ,विरोधमा परेको रिट सर्वोच्चले खारेज गर्‍यो


काठमाडौँ ।
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । नयाँ पाठ्यक्रम लागू भएपछि त्यसविरूद्ध परेका सबै रिट खारेज गर्ने फैसला गरेपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको हो।

मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाश कुमार ढुंगाना भण्डारीको इजलासले सबै रिट खारेज गर्ने फैसला सुनाएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्