समयमै मल नल्याउने शैलुङ र मुक्तिनाथ कारवाहीमा

काठमाडौं ।
समयमै मल नल्याएर कृषकको विचल्ली बनाउने दुई नेपाली कम्पनीलाई सरकारले कारवाही गरेको छ ।मल नल्याउने नेपाली दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको धरौटी रकम जफत गरेर कृषि सामग्री कम्पनीले कारवाही गरेको हो ।
ती दुई कम्पनीले सम्झौता बमोजिम मल नल्याएपछि उनीहरुले राखेको ७ लाख ९६ हजार अमेरिकी डलर धरौटी जफत गरिएको कम्पनीले जनाएको छ। उनीहरुले सम्झौता बमोजिम मल ल्याउन नसकेपछि धरौटी जफत गरेर त्यसको पुन टेण्डर पनि खोलिसकेको कम्पनीका एक अधिकारीले बताए । यस अघि भदौमा पनि समयमै मल नल्याएपछि शैलुङ र होनीको मल्टिपल कम्पनीलाई सरकारले कारवाही गरी उनीहरुको धभरौटी रकम जफत गरेको थियो।
त्यसपछि अर्को टेण्डर बमोजिमकम्पनीले प्रथम चौमासिकमा १ लाख ५५ हजार टन बराबरको मल ल्याउन १२ लटमा ग्लोबल टेण्डर गरेकोमा शैलुङले मंसिर १३ गते (नोभेम्बर २८) भित्रमा र मुक्तिनाथले मंसिर १९ गतेसम्ममा मल ल्याइसक्ने गरी सम्झौता भएको थियो। बोलकबोलमा नेपाली कम्पनी शैलुङ, मुक्तिनाथ, इंडियन पोटास कम्पनी (आइपिएल) र दुवैको जेन ट्रेड कम्पनीले टेण्डर पाएका थिए।
मुक्तिनाथ कम्पनीले युरिया मल ५० हजार र डिएपी २० हजार टन ल्याउन र शैलुङले ५५ हजार टन मल ल्याउन ठेक्का पाएपछि कृषि सामग्री कम्पनीले शैलुङलाई ४ लाख २ हजार ५ सय अमेरिकी डलर र मुक्तिनाथलाई युरिया मलको लागि ३ लाख ९९ हजार र डिएपीको लागि ३ लाख ९७ हजार अमेरिकी डलर धरौटी रकम दिएको थियो। ठेक्का सम्झौता अनुसार आइपिएल र जेन ट्रेडको गरी ५५ हजार टन मल आएको जानकारी कृषी सामग्री कम्पनीले दिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्