आगलागीबाट मृत्यु तथा धनमाल नष्ट

काठमाडौं ।
झापाको दमक नगरपालिका-३ स्थित भुटानी शरणर्थी शिविर बस्ने ६० वर्षीय देशमान राईको घरमा आइतबार साँझ आगलागी हुँदा आगोले जलेर राईको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका-३ भष्मखोर बस्ने ४८ वर्षीय पञ्चे बुढाको घरमा सोमबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, अन्नपात, सुनको तिलहरी र नगद ६० हजार रुपैयाँ लगायत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्